संसदमा एमालेले जारी राखेको अवरोध हटाउने र एमसीसीबारे साझा धारणा बनाउन आज सर्वदलीय बैठक बस्दैछ ।
अपरान्ह ४ बजे प्रधानमन्त्रीको आव्हान्मा बस्ने बैठकमा संसदमा अवरोध हटाउन सहमति गर्ने भनिए पनि एमाले भने नजाने भएको छ । एमालेले माधव नेपाल सहित १४ सांसदलाई कार्बाहीको माग गर्दै संसद अवरोध गर्नुका साथै सर्वदलीय बैठक पनि बहिष्कार गर्दै आएको छ ।
यसै गरी आज संसदमा प्रतिनिधित्व गर्ने दलहरुका बीचमा एमसीसी बारे समेत साझा धारणा बनाउन प्रयास गर्ने नेताहरुले बताएका छन ।
सर्वदलीय बैठक बस्नु अघि गठबन्धनका नेताहरुबीच छलफल हुने बताईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline