लामो समयदेखि एमालेले निरन्तर संसद अवरुद्ध गरिरहेको छ । संसद अवरुद्ध हुँदा कैयौँ नियम कानुनहरु अध्यादेश मार्फत ल्याउन सरकार बाध्य छ ।
पहिला पटक पटक एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री रहेका बेला विघटन गरिएको संसद सर्वोच्च अदालतले पुनस्थापना गरेपछि एमालेले संसद चल्न दिएको छैन ।
यही अवरुद्ध संसद खुलाउन केही समय अघि सभामुख अग्नी सापकोटाले बोलाएको सर्वदलीय बैठक बहिष्कार गरेको एमालेले पुनः आईतबार प्रधानमन्त्री शेर बहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा पनि नजाने जनाउ दिएको छ ।
एमालेको अवरोध हटाउने विषयमा नै छलफल गर्ने भनिएको बैठकमा स्वयं एमाले नजाने भएका कारण संसद अवरोध कायमै रहने देखिन्छ ।
एमाले खास गरी माधव नेपाल सहित १४ सांसदलाई कार्बाही हुनु पर्ने भन्दै संसदमा नाराबाजी गरीरहेको छ । जब कि ती सांसदहरु सम्मिलित नेकपा एकीकृत समाजवादी पार्टी बनिसकेको छ ।
यस्तो स्थितिमा एमालेको अवरोध र मागको औचित्य नरहने एकीकृत समाजवादीका नेताहरुको तर्क छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline