नेकपा एमालेले माधव नेपाल सहित एकीकृत समाजवादीका १४ जना सांसदमाथि कार्बाही नगरेको भन्दै सभामुखले राजीनामा दिएमा मात्रै संसद चल्न दिने बताएको छ ।
केन्द्रीय समितिको बैठकको निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा महासचिव शंकर पोखरेलले एमालेले कार्बाही गरेका १४ सांसदलाई राखेर संसद चलाईएकाले सभामुखले राजीनामा दिनु पर्ने बताए ।
सभामुखले कमजोरी नसच्याए सम्म एमालेले संसदमा अवरोध गरिरहने पोखरेलले बताए ।
यस विषयमा सत्ता पक्षले पनि भूमिका खेल्नु पर्ने पोखरेलको भनाई छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline