खानीखोला हाइड्रोपावरले बोलायो एकैपटक तीन आर्थिक वर्षको साधारणसभा

खानीखोला हाइड्रोपावरले बोलायो एकैपटक तीन आर्थिक वर्षको साधारणसभा

  • शुक्रबार, पुस २, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

काठमाडौं, २ पुस । खानीखोला हाइड्रोपावर कम्पनीले ३० पुसमा एकैदिन तीनवटा आर्थिक वर्षको वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले आर्थिक वर्ष २०७५-७६, २०७६-७७ र २०७७-७८ को सभा कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान १० बजेका लागि आह्वान गरेको हो । सभा भर्चुअल माध्यमबाट हुनेछ ।

सभामा तीन आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणमा छलफल गरी पारित हुनेछ । आर्थिक वर्ष २०७८-७९ मा लागि लेखापरीक्षक नियुक्त गर्ने, सञ्चालक समितिको निर्वाचन गर्नेलगायतको एजेन्डा छ ।

साधारणसभा प्रयोजनार्थ कम्पनीले ९ देखि ३० पुससम्म बुक क्लोज गर्ने भएको छ । यसअनुसार ८ पुससम्म नेप्सेमा कायम रहेका सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ