काठमाडौं । चुनावको मत पत्र गनिनसक्दै नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा निर्वाचित भएका छन् ।
पार्टी कार्यालय सानेपामा भइरहेको मतगणनामा ४०९० मत गन्दा उनले २६४४ मत पाएका छन् । ४६७९ मत खसेकामा अब करिब ६ सय मत गन्न बाँकी छ । तर गगनले अरु उम्मेदवारले भन्दा ९०० बढी मत पाइसकेका छन् ।
यसै गरी विश्व प्रकाश शर्मा पनि महामन्त्रीमा निर्वाचित हुने अवस्था नजिक पुगेका छन् ।
महामन्त्रीमा थापा शेखर कोईरालाको प्यानलबाट र विश्व प्रकाश प्रकाशमान सिंहको प्यानलबाट चुनाव लडेका थिए ।
देउवाको प्यानलबाट लडेका प्रकाशशरण महत र प्रदीप पौडेल देउवा प्यानलबाट लडेका थिए । उनीहरु दुबै जना हारको नजिक पुगेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline