ज्योति विकास बैंकको साधारणसभा २३ पुसमा, यस्ता छन् एजेण्डा

ज्योति विकास बैंकको साधारणसभा २३ पुसमा, यस्ता छन् एजेण्डा

  • बिहिबार, पुस १, २०७८
  • मिर्मिरे अनलाइन

  • 14.7K
    SHARES

काठमाडौं, १ पुस । ज्योति विकास बैंकले २३ पुसमा वार्षिक साधारणसभा बोलाएको छ । सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न लिसारा रिसेप्सन, नक्साल काठमाडौंमा बिहान ११ बजेका लागि सभा आह्वान गरेको हो ।

सभामा ११ प्रतिशत बोनस सेयर र चार दशमलव पाँच प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेस हुनेछ । अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जररएक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने, अधिकृत पुँजी पाँच अर्ब रुपैयाँबाट बढाएर आठ अर्ब रुपैयाँ पुर्‍याउने प्रस्ताव छ । त्यसैगरी, सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सनन हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ ।

बैंकले सभा प्रयोजनार्थ ९ पुसमा बुक क्लोज गर्ने भएको छ । यसअनुसार ८ पुससम्म नेप्सेमा कायम रहने सेयरधनीले मात्र सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी