नेकपा एकीकृत समाजवादीकी नेतृ एव शहरी विकास मन्त्री राम कुमारी झाँक्रीले एमाले दक्षिणपन्ती विसर्जनवादको बाटोमा लागेको बताएकी छन् । जनकपुरमा आज पत्रकारहरुसँग कुरा गर्दै मन्त्री झाँक्रीले एमाले अध्यक्ष ओली अहिलेको लोकतान्त्रिक व्यवस्था विघटन गराउन उद्धत भएको पनि आरोप लगाईन् ।
जनताले ७० वर्ष लडेर ल्याएको यो व्यवस्था विघटन गर्नु हुन्छ कि हुँदैन भनेर जनतालाई बुझाउनु पर्ने झाँक्रीको तर्क छ । उनले ओलीले पटक पटक गरेको संसद विघटन असंवैधानिक कदम मात्रै नभएर राजनीतिक अपराध समेत भएको तर्क गरिन् ।
केपी ओली आफूले गरेको संसद विघटनको औचित्य सावित गर्न पनि संसद चल्न नदिएको दाबी गर्दै मन्त्री झाँक्रीले आवस्यक कानुन बनाउन सरकारले कदम चाल्ने बताईन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline