ओलीको राजा ज्ञानेन्द्र र प्रचण्डमाथि विवादास्पद आरोपः राजा र प्रचण्डबीच पाँच बुदे सहमति पछि कु भयो

ओलीको राजा ज्ञानेन्द्र र प्रचण्डमाथि विवादास्पद आरोपः राजा र प्रचण्डबीच पाँच बुदे सहमति पछि कु भयो

  • बुधबार, मंसिर २९, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्व राजा ज्ञानेन्द्र शाह र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमाथि विवादास्पद आरोप लगाएका छन् । उनले ज्ञानेन्द्र शाह र प्रचण्डबीच पाँच बुदे सहमति भएपछि राजाले कु गरेको आरोप लगाए ।
केन्द्रीय कमिटीमा मनोनीत सदस्यको पद तथा गोपनीयता कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले १८ मंसिर २०६० मा ज्ञानेन्द्र र प्रचण्डबीच पाँच बुँदे सहमति भएको दाबी गरे । तर, सहमतिपत्रमा के के उल्लेख भएको थियो भन्ने खुलिनसकेको भन्दै उनले भने, ‘त्यो पाँच बुँदेमा के थियो ? कि ज्ञानेन्द्रले भन्नुपर्‍यो, कि प्रचण्डले ।’

प्रचण्डको सहमतिमा ज्ञानेन्द्रले देशमा निरंकुशता ल्याएको भन्दै ओलीले भने, ‘असोज १८ र माघ १९ मा ज्ञानेन्द्रले ‘कु’ गरे ।’

पाँच बुँदे सहमतिपछि ज्ञानेन्द्रले देशभर नागरिक अभिनन्दनको कार्यक्रम गर्दै देश दौडाहामा निस्किएको ओलीको आरोप छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ