एभरेष्ट बैंकको साधारणसभा १ पुसमा, यस्ता छन् एजेण्डा

एभरेष्ट बैंकको साधारणसभा १ पुसमा, यस्ता छन् एजेण्डा

  • मङ्लबार, मंसिर २८, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाडौं, २८ मंसिर । एभरेष्ट बैंकले १ पुसमा २७औँ वार्षिक साधारणसभा बोलाएको छ । सभा बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट काठमाडौंमा बिहान ११ः३० बजेबाट सुरू हुनेछ ।

सभामा बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनसमेत गरी चार दशमलव ४० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश हुनेछ । प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने, आर्थिक वर्ष २०७८र०७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने, आर्थिक वर्ष २०७७र०७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल गर्ने लगायतका एजेन्डा छन् ।

बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि १७ मंसिरमा बुक क्लोज गरेको छ । यसअनुसार, १६ मंसिरसम्म नेप्सेमा कायम रहेका सेयरधनीले लाभांश प्राप्त गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ