आधा मत गणना हुँदाः देउवाको अग्रता कायमै तर ५१ प्रतिशत अभाव

आधा मत गणना हुँदाः देउवाको अग्रता कायमै तर ५१ प्रतिशत अभाव

  • मङ्लबार, मंसिर २८, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका लागि भएको निर्वाचनमा शेर बहादुर देउवाले अग्रता कायम राखेका छन् । तर करीव आधा मत गणना भईसक्दा देउवाले पाएको मत ५० प्रतिशत भन्दा कम छ । काँग्रेसको विधान अनुसार ५१ प्रतिशत मत ल्याएमा मात्रै सभापति हुन पाईन्छ । त्यस्तो अवस्थामा पहिलो चरणमा जीत नभए दोस्रो चरणमा पुनः धेरै मत ल्याउने दुई उम्मेद्धारबीच प्रतिस्पर्धा हुनेछ ।
अहिले सम्मको २२०६ मत गणनामा देउवाले १०५१, डा. शेखर कोईरालाले ७९३ मत प्राप्त गरेका छन् भने प्रकाशमान सिंहले २०४, विमलेन्द्र निधिले १७४ र कल्याण गुरुगंले १० मत प्राप्त गरेका छन् । कुल ४ हजार ६७९ मत खसेको छ । सभापति हुन कम्तीमा २३४० मत ल्याउनु आवस्यक छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ