एमालेमा भीम रावल फेरी असन्तुष्ट, ओलीमाथि लगाए गुटबन्दीको आरोप

एमालेमा भीम रावल फेरी असन्तुष्ट, ओलीमाथि लगाए गुटबन्दीको आरोप

  • सोमवार, मंसिर २७, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.2K
    SHARES

नेकपा एमाले भित्र पुनः असन्तुष्टी बढ्न थालेको छ । महाधिवेशन हुँदै अहिले पछिल्लो समय मनोनित गरेर थपिएका केन्द्रीय सदस्य देखि कार्यविभाजनले पुनः असन्तुष्टी पैदा भएको हो ।
सामाजिक सञ्जालमै पार्टी अध्यक्षमा लडेका भीम रावलले मनोनयन, जिम्मेवारी र कार्यविभाजन हेर्दा ओलीजीको अगुवाईमा हुँदै आएको गुटबन्दीले छलाङ मारेको देखियो भन्दै रावलले यस्तो प्रवृति हटे मात्रै पार्टीको हित हुने चेतावनी दिएका छन् ।
यो देश र जनताप्रति प्रतिबद्ध पार्टी निर्माणको प्रक्रिया नभई गुटस्वार्थ प्रेरित अहं तुष्टिको नमुना हो । रावलले लेखेका छन् ।
४४ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गर्दा तथा ९९ सदस्यीय पोलिटब्युरो र ४५ सदस्यीय स्थायी कमिटी बनाउँदा छलफल नगरिएको भन्दै ओलीको पक्षमा लाग्दै आएका नेताहरु समेत असन्तुष्ट बनेका छन् ।
केन्द्रीय कमिटिको चयनले तल्लो तहमा समेत कतिपय स्थानमा असन्तुष्टी देखिएका छन् ।
सो कार्यविभाजनप्रति अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली लगायतकाले समेत असन्तुष्टी जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ