काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ । साढे तीन घन्टा ढिलो गरी सुरु भएको मतदानमा आफ्नो मत हाल्न प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा महाधिवेशनस्थल आइपुगेका छन् ।
केही समयअघि उनी बालुवाटारबाट राष्ट्रिय सभा गृह आइपुगेका हुन् । सुदूरपश्चिम प्रदेशको मतदान केन्द्रको बुथ राष्ट्रिय सभामा भएकाले देउवाले त्यहीँबाट मतदान गर्ने भएका छन् । देउवा सभापतिका प्रत्यासीसमेत हुन् ।
नेता कुलबहादुर गुरुङले पहिलो मतदान गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline