छिमेक लघुवित्तले २३ पुसमा बोलायो साधारणसभा

छिमेक लघुवित्तले २३ पुसमा बोलायो साधारणसभा

  • सोमवार, मंसिर २७, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौं, २७ मंसिर । छिमेक लघुवित्तले २३ पुसमा वार्षिक साधारणसभा डाकेको छ । लघुवित्तले मकवानपुरको हेटौंडास्थित होटल सामनामा बिहान ११ बजे २० औं वार्षिक साधारणसभा आह्वान गरेको हो ।

सभामा कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट २७ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित तीन प्रतिशत नगद गरी कुल ३० प्रतिशत लाभांश वितरण प्रस्ताव पेस हुनेछ । यस्तै, प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफ–नोक्सान हिसाब तथा नगद प्रवाहका विषयमा छलफल हुनेछ ।

त्यसैगरी, अन्य वित्तीय संस्थाहरू गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने लगगायतको एजेण्डा छ । सभा प्रयोजनार्थ लघुवित्तले ९ पुसदेखि २३ पुससम्म बुक क्लोज गरेको छ । यसर्थ, नेप्सेमा ८ पुससम्म कारोबार भई कायम रहेका लगानीकर्ताले मात्रै लाभांश प्राप्त गर्न सक्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ