हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

  • सोमवार, मंसिर २७, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौ, २७ मंसिर । नेपाल राष्ट्र बैंकले सोमबारको विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकका अनुसार अमेरिकी डलर एकको अधिकतम खरिद दर १२० रुपैयाँ ९३ पैसा छ भने बिक्री दर १२१ रुपैयाँ ५३ पैसा पुगेको छ ।

युरोपियन युरो एकको खरिद दर १३६ रुपैयाँ ८१ पैसा र बिक्री दर १३७ रुपैयाँ ४९ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ ५० पैसा र बिक्री दर १६१ रुपैयाँ २९ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

स्वीस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ २९ पैसा र बिक्री दर १३१ रुपैयाँ ९४ पैसा छ । अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ७३ पैसा र बिक्री दर ८७ रुपैयाँ १६ पैसा छ ।

क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ६ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ५३ पैसा कायम भएको छ । सोमबार जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ६७ पैसा र बिक्री दर १० रुपैयाँ ७२ पैसा छ । चिनियाँ युआन एकको खरिद दर १८ रुपैयाँ ९८ पैसा र बिक्री दर १९ रुपैयाँ ८ पैसा रहेको बैंकले जनाएको छ ।

साउदी अरेबियन रियाल एकको खरिद दर ३२ रुपैयाँ २४ पैसा र बिक्री दर ३२ रुपैयाँ ४० पैसा छ भने कतारी रियाल एकको खरि दर ३३ रुपैयाँ १ पैसा र बिक्री दर ३३ रुपैयाँ १८ पैसा छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ७१ पैसा र बिक्री दर २८ रुपैयाँ ८५ पैसा कायम भएको छ भने साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ २४ पैसा छ भने बिक्री दर १० रुपैयाँ २९ पैसा कायम भएको राष्ट्र बैंकले जारी गरेको सूचीमा उल्लेख छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ