सर्वोच्चद्वारा स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डा. रोकालाई पुनर्वहाली गर्न अन्तरिम आदेश

सर्वोच्चद्वारा स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डा. रोकालाई पुनर्वहाली गर्न अन्तरिम आदेश

  • आइतवार, मंसिर २६, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

काठमाडौं, २६ मंसिर । युवा तथा साना व्यवशायी स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डा. देवराज रोका (कल्याण ) लाई पुनर्वहाली गर्न सर्वोच्च अदालतले अन्तरीम आदेश दिएको छ । ओली सरकारको पालामा नियुक्त भएका डा. रोकालाई देउवा सरकार आएसँगै हटाईएको थियो । त्यसपछि डा. रोकाले सर्वोच्चमा मुद्ध दायर गरेका थिए ।
सोही मुद्धामाथि आज सुनुवाई गर्दै न्यायधीश प्रकाश कुमार ढुंगानाको एकल ईजलाशले उनलाई बर्खास्त गर्ने निर्णय तत्काल कार्यन्वयन नगर्न अन्तरीम आदेश दिँदै पदबाट हटाउनुको कारण देखाउन पनि आदेश दिएको छ ।
गत आर्थिक वर्ष ०७७ भदौ १५ मा नियुक्त भएका डा. रोकालाई ०७८ कार्तिक ७ गते सरकारले हटाएको थियो । डा. रोकाको पक्षबाट अधिवक्ताहरु सुभाष आचार्य, भोजराज आचार्य र पुष्पराज पौडेलले बहस गरेका थिए ।

केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका पदाधिकारी हटाउने क्रममा युवा तथा खेलकुद मन्त्रालयको सिफारिसमा सरकारले रोकालाई स्वरोजगारको उपाध्यक्षबाट हटाएको थियो।

६५ सालमा स्थापना भए पनि उल्लेख्य प्रगति गर्न नसकि नियमावलीको भरमा मात्रै चलेको कोष झण्डै बन्द हुने स्थितिमा पुगेका बेला डा. रोका आएसँगै गति लिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ