गगनको ओली लक्षित कटाक्षः कांग्रेसमा बा ले पढ्ने लिस्टको कुनै अर्थ छैन

गगनको ओली लक्षित कटाक्षः कांग्रेसमा बा ले पढ्ने लिस्टको कुनै अर्थ छैन

  • आइतवार, मंसिर २६, २०७८
  • मिर्मिरे अनलाइन

  • 2.8K
    SHARES

काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसको जारी महाधिवेशनमा महामन्त्रीका उम्मेदवार रहेका गगन थापाले एमालेमा जस्तो लिस्ट कहिले आउँछ भनेर कांग्रेस कार्यकर्ताले कुरेर बस्नु नपर्ने बताएका छन् ।

सोमबार हुन लागेको कांग्रेसको महाधिवेशन अन्तर्गतको निर्वाचनको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा थापाले एमाले महाधिवेशनका क्रममा नारायणी किनारमा बसेका एमाले प्रतिनिधिले होटलबाट अध्यक्ष केपी शर्मा ओलीको लिस्ट कहिले आउँछ भनेर कुरेर बसेको र त्यस्तो अवस्था कांग्रेसमा नहुने बताए ।

नारायणीको तिरमा घामा तापिरहेको एमाले कार्यकर्ताको ध्यान होटलमा थियो, लिस्ट कहिले आउँछ भनेरु उनले भने, ुयहाँ बाले पढ्ने लिस्टको कुनै अर्थ छैन । महाधिवेशनको सुन्दरता छ ।ु

उनले यो कांग्रेस भित्रै प्रतिस्पर्धा भएको भन्दै भृकुटीमण्डपमा भेला भएका मतदाताको हातमा आफूहरुको भाग्य रहेको बताए ।
ुभोलि हाम्रो भाग्य के हुने भन्ने छ न अनुपम न वालुवाटारमा बसेर हुन्छ। हाम्रो तागत भृकुटीमण्डपमा छु उनले भने ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी