नेकपा माओवादी केन्द्रले शनिबार एकसाथ प्रदेश सम्मेलन शुरु भएको छ। पार्टीका सात भौगोलिक र तीन गैर भौगोलिक गरी १० मध्ये ९ वटा प्रदेश कमिटीका सम्मेलन हुन लागेको हो ।
अधिवेशनलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यमबाट उद्घाटन गरेका छन्। त्यसका लागि प्रचण्ड बागमती प्रदेशको अधिवेशनस्थल राजधानीको यलम्बर पार्टी प्यालेसमा उपस्थित भएका छन् ।
सातवटा प्रदेशसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश गरी माओवादीका १० वटा प्रदेशस्तरीय संरचना छ । प्रदेशमा नौ जना अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष एक गरी नौ सदस्यीय पदाधिकारी चयन हुनेछन् ।
माओवादीले ११ मंसिरमा पालिका सम्मेलन गरिसकेको छ भने ११ देखि १३ पुसमा काठमााडौंमा राष्ट्रिय सम्मेलन तय भएको छ ।
सम्मेलनबाट भोली सबै प्रदेशमा नयाँ नेतृत्व चयन हुने संभावना छ । नेतृत्व सहमतिमा नभए निर्वाचनबाट तय हुनेछ ।