कांग्रेस १४औँ महाधिवेशन बन्द सत्र, महामन्त्रीद्वयको सांगठनिक प्रतिवेदन प्रस्तुत

कांग्रेस १४औँ महाधिवेशन बन्द सत्र, महामन्त्रीद्वयको सांगठनिक प्रतिवेदन प्रस्तुत

  • शुक्रबार, मंसिर २४, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.3K
    SHARES

काठमाडौं, २४ मंसिर ।  नेपाली कांग्रेसको १४औँ महाधिवेशनको बन्द सत्र भृकुटीमण्डपको हलमा आज राति करिब ९ बजेदेखि सुरु भएको छ । जारी बन्दसत्रमा महामन्त्रीको सांगठनिक प्रतिवेदन पेस भएको छ । महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्काले तयार गरेको सांगठनिक प्रतिवेदन बन्दसत्रमा पेश भएको हो ।

प्रतिवेदनमार्फत् महामन्त्री कोइराला र खड्काले पार्टीमा व्यक्तिगत तथा गुटगत स्वार्थ छाडेर पार्टीको बृहत्तर हितमा समाहित भएर मात्रै राष्ट्रिय चुनौतीहरूको सामना गर्न सकिने बताएका छन् ।

यसैगरी बन्द सत्रमा १४औँ महाधिवेशन तयारीका क्रममा कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम विधानको विभिन्न धारा उपधारा व्याख्या, वाधा अड्काउ फुकाउ र निलम्वन गर्ने निर्णय अनुमोदनका लागि प्रस्तुत गरिएको प्रतिवेदन पेश गरिएको छ ।

पेश गरिएका प्रतिवेदनउपर छलफल गरी पारित गरिनेछ । यसअघि आज भृकुटीमण्डपको प्राङ्गणमा महाधिवेशनको भव्यरूपमा उद्घाटन सम्पन्न भएको थियो । यस महाधिवेशनमा कांग्रेस नेतृत्व चयन गर्ने महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा चार हजार ७४३ कायम रहेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १६५ सङ्घीय निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्कबाट गरी उक्त सङ्ख्यामा महाधिवेशन प्रतिनिधिहरु चयन भएका हुन् ।

पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार आजै महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन भएको छ । उम्मेदवार मनोनयन दर्ता मङ्सिर २५ गते बिहान १० देखि साँझ ५ बजेसम्म, उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ मङ्सिर २५ गते साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय मङ्सिर २५ गते साँझ ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ ।

उम्मेदवारको पहिलो नामावली प्रकाशन मङ्सिर २५ गते राति ९ देखि १२ बजेसम्म, मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय मङ्सिर २६ गते बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन मङ्सिर २६ गते दिउँसो १२ः१५ बजे र मतदान मङ्सिर २७ गते बिहान ८ बजेदेखि हुनेछ ।

उता, बन्दसत्रमा रामचन्द्र पौडेल अनुपस्थित भएका छन् । बन्दसत्रमा नेता पौडेलसँगै प्रकाशमान सिंह र शेखर कोइराला पनि अनुपस्थित रहेका छन् । पौडेल समूहका मुख्य नेताहरू अहिलेसम्म बन्दसत्र स्थलमा उपस्थित नभएको बताइएको छ ।

पौडेल पक्ष सभापतिमा साझा उम्मेदवार चयनका लागि बत्तिसपुतली स्थित अनुपम फुड ल्याण्डमा छलफलमा रहेको छ । कांग्रेस केन्द्रीय समिति बैठकमा नआएका नेता पौडेल महाधिवेशन उद्घाटन स्थलमा पनि नआउने अडानमा थिए । पछि नेताहरूले उनको घरमै पुगेर कार्यक्रममा उपस्थित हुन आग्रह गरेपछि उनी भृकुटीमण्डप पुगेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ