नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै सत्ता र शक्तिको दुरुपयोग गर्ने प्रवृतिको अन्त्य हुनु पर्ने बताएका छन् ।
काँग्रेसको १४ औँ महाधिवेशनलाई शुभकामना दिँदै अध्यक्ष नेपालले नेपाली राजनीतिमा अझै पनि कालो बादल मडारीरहेको बताए ।
नेपालले सत्ता र शक्तिको दुरुपयोग गर्नेहरुले नै मुलुकको राजनीतिलाई अस्थीरतामा ल्याएको आरोप लगाए ।
नेपाली जनतामा अहिले राजनीतिक दलहरुप्रति निराशा बढेको भन्दै अब दलहरु सच्चिएर जानु पर्ने उनले सुझाए ।
उनले राजा ज्ञानेन्द्र शाहलाई समेत पार्टी खोल्दा बरु हुने भन्दै सुझाव दिएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline