काँग्रेस बचाउन र काँग्रेस बनाउन डा. शेखर कोईरालालाई नै सभापति बनाउनु पर्ने काँग्रेस भित्र केही समय अघि देखि युवावृतमा चर्चा चल्दै थियो । अन्यौलताका बीच आजैबाट शुरु हुन लागेको १४ औँ महाधिवेशनमा काँग्रेसमा सभापतिका लागि यस पटक आकांक्षीहरुको संख्या बढी देखिएको छ । देउवा समुहमै पनि देउवा बाहेक विमलेन्द्र निधिले सभापतिमा उम्मेद्धारी दिने तयारी गरेका छन् ।
यता देउवा ईतर पक्षमा रहेको पौडेल समुह भित्र रामचन्द्र पौडेल, शसांक कोईाराला र प्रकाशमान सिंह मध्य अन्तिममा प्रकाशमान र शेखर कोईराला अडानमा टिकिरहेका छन् ।
धेरै महाधिवेशन प्रतिनिधि र पूर्व केन्द्रीय सदस्यहरुले पौडेल समुह भित्र सबैलाई मिलेर आउन दबाब दिए पनि अन्तिम समय सम्म पनि कोईराला र प्रकाशमानबीचमा एकल उम्मेद्धारीको कुरा नटुंिगदा देउवालाई फाईदा पुग्न सक्ने पनि यस समुह भित्रका प्रतिनिधिहरुको चिन्ता छ ।
यस्तो बेला शालिन, वौद्धिक नेताको रुपमा परिचित डा. शेखर कोईरालालाई देउवा बिरुद्ध ईतर समुहले साझा उम्मेद्धार बनाउन सके सभापति जिताउन सकिने थियो भन्ने चर्चा भईरहेको छ ।
कार्यकर्ताको समस्यामा खडा हुन सक्ने, पार्टीलाई सुदृढ एवं संगठित तुल्याउन आफूलाई निर्वाचित गराउन अपील गर्दै डा. कोईरालाले आफू सभापति भए पार्टीमा एक व्यक्ति एक पदको अवधारणा लागू गर्ने बताए ।
उनले आफू सभापति भए प्रधानमन्त्री नहुने घोषणा पनि गरेका छन् ।