प्रभु बैंकले १८ पुसमा बोलायो साधारणसभा, लाभांश प्रस्ताव पारित गर्ने मूख्य एजेण्डा

प्रभु बैंकले १८ पुसमा बोलायो साधारणसभा, लाभांश प्रस्ताव पारित गर्ने मूख्य एजेण्डा

  • शुक्रबार, मंसिर २४, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

काठमाडौं, २४ मंसिर । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न १८ पुसमा २० औँ वार्षिक साधारणसभा बोलाएको छ। सभा बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभा भौेतिक तथा भर्चुअल दुबै माध्यमबाट आयोजना हुनेछ ।

सभामा बैंकको हाल कायम चुक्ता पुँजीको १२ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ । त्यस्तै, अन्य बैंकसँग मर्ज वा एक्विजिशनसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पारित हुनेछ।

सभा प्रयोजनका लागि बैंकले ४ पुसमा बुकक्लोज गर्ने भएको छ । यसर्थ, अनुसार १ पुससम्म नेप्सेमा कारोबार गरी कायम भएका सेयरधीले लाभांश पाउन तथा सभामा सहभागिता जनाउन सक्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ