एम.जि. हेक्टर गाडी अब नेपाली बजारमा, शुरुवाती मुल्य रु.५९.९९ लाख

एम.जि. हेक्टर गाडी अब नेपाली बजारमा, शुरुवाती मुल्य रु.५९.९९ लाख

  • बिहिबार, मंसिर २३, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

मंसिर २३, काठमाडौं । नेपालमा एमजी (मोरिस ग्यारेज) मोटर्सको एकमात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रा.लि.ले आफ्नो नक्साल शोरुममा आज एक औपचारिक पत्रकार सम्मेलन गरी बहु–प्रतिक्षित हेक्टर एसयुभि सार्वजनिक गरेको छ ।
उक्त कार्यक्रममा गाडीको मुल्य सार्वजनिक गर्नुको साथै ग्राहकहरुलाई गाडी को चाबी हस्तान्तरण पनि गरिएको थियो । १.५ लिटर टर्बोचार्ज्ड इन्टरकूल इन्जिनयुक्त हेक्टर शाइन एमटी र सिभिटि दुवै भेरियन्टमा उपलब्ध छ । हेक्टर एमटीको मुल्य रु.५९.९९ लाख र हेक्टर सिभिटिको मुल्य रु.६४.९९ लाख रहेको छ ।
सुरक्षा, शैली र फङ्सनालिटिको लागि हेक्टर इन्डियामा पहिलैबाट प्रशंसित छ । एसयुभि क्याटेगरीमै पहिलोपल्ट बोल्ड फ्रन्ट क्रोम ग्रिल, प्रोजेक्टर हेडल्याम्प, र स्टाइलिस आर १७ सिल्भर एलोइज, इलेक्ट्रिक सनरुफ, पुश बटन स्टार्ट, इलेक्ट्रिक पार्किङ ब्रेक, २६.४ सेमीको एचडी टचस्क्रिन सिस्टम र अन्य धेरै प्रमुख विशेषताहरू छन् जसले हेक्टरलाई बेन्चमार्कको रुपमा खडा गरेको छ ।
एसयूभीका अन्य भेरियन्टसँग तुलना गर्दा यो नेपाली सडक र ट्राफिकलाई उपयुक्त हुने दाबी गरिएको छ । भारतमा बनेको यो एसयुभि नेपालस्थित सम्पूर्ण डिलरशिपहरुमा उपलब्ध छ । यो हेक्टरको नयाँ मिड–स्पेक भेरियन्ट हो जुन बजारमा उपलब्ध मिड साइज एसयुभिहरुको लो––स्पेक र टप–स्पेक ट्रिमहरू बीचमा छ ।
एम.जी. हेक्टर नेपालमा अत्यधिक माग भएको बहु–प्रतिक्षित एसयुभि हो । एमजी हेक्टरको आकर्षक डिजाइन, आधुनिक र स्मार्ट सुविधाहरूले ग्राहकहरूको अपेक्षालाई सम्बोधन गर्ने विश्वास गरिएको छ । यसको नयाँ गेम–चेन्जर मोडलले एसयुभि लेगेसीलाई सुदृढ पार्दै लेटेस्ट् एसयुभि हाँक्ने ग्राहकहरुको चाहना पनि पुरा गर्नेछ ।
कार्यक्रममा जोन्टा क्लब अफ काठमाडौं र पारामाउन्ट मोटर्स प्रा.लि. बीच सहकार्य पनि भएको थियो । आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्वको एउटा हिस्सा अन्तर्गत पारामाउन्टले जोन्टा क्लब अफ काठमाडौंलाई रु. १० लाख आर्थिक सहयोग प्रदान गरेको छ । जोन्टा क्लब अफ काठमाडौंले यो सहयोग रकमलाई घरेलु हिंसा, कार्य–स्थलमा हुने हिंसा÷ सार्वजनिक स्थलमा हुने हिंसा र बालविवाह विरुद्ध आवाज उठाउनुपर्ने कुरामा विशेष जोड दिँदै सचेतना अभियान सञ्चालन गर्न प्रयोग गर्नेछ ।
सोही दिन आयोजित सम्झौता ज्ञापन–पत्र  हस्ताक्षर समारोहमा पारामाउन्ट मोटर्सले जोन्टा क्लब अफ काठमाडौंका अध्यक्ष सीमा गोल्छाज्यूलाई नगद रु.१० लाखको चेक हस्तान्तरण ग¥यो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी