लक्ष्मी बैंक र समता घरेलु लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

लक्ष्मी बैंक र समता घरेलु लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

  • बिहिबार, मंसिर २३, २०७८
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

काठमाडौं, २३ मंसिर । लक्ष्मी बैंक र समता घरेलु लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज बिहीबार रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लक्ष्मी बैंक र समता घरेलु लघुवित्तले २४ मंसिरमा बुकक्लोज गर्दै छन् । यसअनुसार आजसम्म नेप्सेमा कारोबार गरी कायम भएका सेयरधनीले यी कम्पनीहरुको साधारणसभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

लक्ष्मी बैंक लिमिटेडले आठ प्रतिशत बोनस र तीन दशमलव ५० प्रतिशत नगद गरी कुल ११ दशमलव पाँच प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न ८ पुसमा दिउँसो २ बजे अग्रवाल भवन कमलपोखरीमा २१औँ वार्षिक साधारणसभा आह्वान गरेको छ ।

त्यस्तै, समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश र सर्वसाधारणलाई एफपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्न ७ पुसको बिहान ११ः३० बजे मिराबेल रिर्सोट एण्ड होटल, धुलिखेल, काभ्रेपलाञ्चोकमा आठौँ वार्षिक साधारणसभा आह्वान गरेको हो ।

सभामा हाल कायम चुक्ता पुँजीको २० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थसहित पाँच प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित हुनेछ । लघुवित्तको सेयर संरचना ७० प्रतिशत संस्थापक तथा ३० प्रतिशत सर्वसाधारण तर्फको हुनेगरी सर्वसाधारणलाई एफपीओ सेयर जारी गर्ने प्रस्ताव सभाले अनुमोदन गर्नेछ। त्यस्तै, अन्य लघुवित्तलाई मर्ज वा एक्वायर गर्नेसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका एजेण्डा छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ