बैकहरुको सिडि रेसियोमा केही सुधार

बैकहरुको सिडि रेसियोमा केही सुधार

  • बिहिबार, मंसिर २३, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडौं, २३ मंसिर । बैंक तथा वित्तीय संस्थाहरूको ऋण लगानी तीन अर्ब रुपैयाँले घटेपछि कर्जा(निक्षेप अनुपात (सिडी रेसियो ) मा सुधार आएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार सोमबारको तुलनामा मंगलबार बैंक तथा वित्तीय संस्थाको निक्षेप तीन अर्ब रुपैयाँले वृद्धि हुँदा ऋण लगानी पनि तीन अर्ब रुपैयाँले नै घटेको छ ।

सोमबारसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको लगानी ४५ खर्व ८८ अर्ब रुपैयाँ रहेकोमा मंगलबार ४५ खर्व ८५ अर्ब रुपैयाँमा झरेको छ । यसैगरी सोमबारसम्म ४७ खर्व ९८ अर्ब रुपैयाँ निक्षेप रहेकोमा वृद्धि भई मंगलबार ४८ खर्व एक अर्ब पुगेको छ ।

निक्षेप वृद्धि र कर्जा लगानी घटेपछि बैंकको औसत सिडी रेसियो मंगलबार ९० दशमलव ८९ प्रतिशतमा झरेको छ । सोमबार सिडी रेसियो ९१ प्रतिशत रहेको थियो । निक्षेप घटेपनि कर्जा लगानीमा आक्रमक भएपछि बैंकमा तरलता अभाव भइरहेको छ ।

मंगरबारसम्मको वित्तीय सूचक

कुल निक्षेप : ४८ खर्ब एक खर्ब
कुल लगानी : ४५ खर्ब ८५ अर्ब
कर्जा (निक्षेप अनुपात :९०.८९ प्रतिशत
अन्तरबैंक व्याजदर : ४.९८ प्रतिशत

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ