माओवादी विभागमा पूर्वमुख्यसचिव, पूर्वन्यायाधीशदेखि पूर्वनिर्वाचन आयुक्तसम्म

माओवादी विभागमा पूर्वमुख्यसचिव, पूर्वन्यायाधीशदेखि पूर्वनिर्वाचन आयुक्तसम्म

  • बिहिबार, मंसिर २३, २०७८
  • मिर्मिरे अनलाइन

  • 15.8K
    SHARES

काठमाडौं, २३ मंसिर । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संगठन विभाग र संसदीय विभागको नेतृत्वको जिम्मेवारी दिँदै नेकपा माओवादी केन्द्रले ३५ वटा केन्द्रीय विभागको जिम्मेवारी टुंगो लगाएको छ ।

पूर्वमुख्यसचिव लिलामणी पौडेल, पूर्वप्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव, निर्वाचन आयुक्त सुधीर साह, नेपाल बार एशोसियनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सर्वोच्च अदालतका पूर्वन्यायाधीशद्वय ए मिकरानी र भी चौलागाईँलाई समेटेर माओवादी केन्द्रले ३५ वटा विभाग गठन गरिएको हो ।

नेकपा (माओवादी केन्द्र) को कानुन, न्याय तथा मानवअधिकार विभागमा नेपाल बार एसोसियनका अध्यक्ष चण्डेश्वर श्रेष्ठदेखि पूर्वन्यायाधीशहरू अटाएका छन् । श्रेष्ठ तिनै हुन् जसले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको आन्दोलनको मोर्चा सम्हालिरहेका छन् ।

पूर्वमहान्यायधिवक्ता मुक्तिनारायण प्रधानले नेतृत्व गरेको ३५ सदस्सीय कानुन विभागमा बहालवाला अध्यक्ष श्रेष्ठलाई सदस्यको जिम्मेवारी तोकिएको छ ।

विभागको तेस्रो बरियतामा रहने गरी श्रेष्ठलाई जिम्मेवारी दिइएको माओवादी अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुद्वारा जारी परिपत्रमा उल्लेख छ । माओवादीको उक्त विभागमा अर्का पूर्वमहान्यायधिवक्ता रमण श्रेष्ठसहित पूर्वन्यायाधीशद्वय ए। मिकरानी भि चौलागाईँलाई पनि जिम्मेवारी तोकिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ