चाक्सीबारीको बैंठकबाट साझा उम्मेदवार छान्यौं, भोलि बेलुका सार्वजनिक गर्छौंः रामचन्द्र पौडेल

चाक्सीबारीको बैंठकबाट साझा उम्मेदवार छान्यौं, भोलि बेलुका सार्वजनिक गर्छौंः रामचन्द्र पौडेल

  • मङ्लबार, मंसिर २१, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

मंसिर २१, काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैंठक सकिएको छ । चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा मंगलबार बसेको पौडेल समूहको बैठकबाट साझा उम्मेदवारीको विषय टुंगिएको बताईएको छ ।
नेता पौडेलले बैंठकपछि आगामी महाधिवेशनका लागि साझा उम्मेदवारीको बिषय टुंगिएको र त्यसका केही प्रक्रियाहरू पूरा गरेर बुधबार साँझसम्ममा निर्णय सार्वजनिक गर्ने बताए ।
आजको बैंठकमा कांग्रेसको रुपान्तरण चाहने विचार समूहमा हामी साथीहरूले विभिन्न कोणबाट छलफल गर्‍यौँ नेता पौडेलले भने, ‘हामी सहमतिको निकै नजिक पुगेका छौँ । भोलिसम्ममा केही प्रक्रिया पूरा गरेर बाहिर आउँछ,।’

महाधिवेशनमा कसरी पार्टी जोगाउन सक्छौँ भन्नेबारेमा छलफल गरेर एउटा निष्कर्षमा पुगेको नेता पौडेलको भनाई छ । भोली यसबारे निर्णय सार्वजनिक गर्ने बताए ।

यस्तै कांग्रेस सभापतिका आकांक्षी डा. शशांक कोइरालाले आफूले रामचन्द्र पौडेलका दाबी छोड्न तयार रहेको बताए ।
एक पटकका लागि रामचन्द्र पौडेलका लागि आफू दाबी छोड्न तयार रहेको बताएका हुन् ।

चाक्सीबारीमा भएको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले रामचन्द्र पौडेलले आफूलाई आग्रह गरेपछि छोड्न तयार भएको बताएका छन् ।

रामचन्द्र पौडेलले एकपटकका लागि आफूलाई छोडिदिन भनेकाले आफू छोड्न तयार भएको उनले बताएका छन् । उनले अरुका नाममा सहमति भयो भने पनि उनीहरू पनि छोड्न तयार हुनुपर्ने बताएका छन् ।

पौडेल समूहबाट पौडेलसहित महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला सभापतिका आकांक्षी छन् । आफूहरूबीच एकता नभए टिम नै पराजित हुने निष्कर्ष निकाल्दै पौडेल समूहले एकताको प्रयास गरिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ