मंसिर २० दमक । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगरमै पुगेर उनको कटाक्ष गरेका छन् ।
खेलकुद महासंघ (समाजवादी) प्रदेश १ स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सोमबार झापाको दमकमा सम्बोधन गर्ने क्रममा नेपालले ओली बिचार सिद्धान्त सकिएकै कारण पिठ्युमा टाटु लेख्न थालेको बताए ।
एमालेमा विचार र सिद्धान्त सकिएपछि टाटु बनाएर अध्यक्षले सही गर्ने दिन आएको नेपालको टिप्पणी छ । उनले चितवनमा भएको कुम्भ मेलामा लोकतन्त्र नदेखिएको र सूर्य चिन्हमा ग्रहण लागेको भन्दै अब एमाले पत्तासाफ हुने जिकिर गरे ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline