सानिमा बैंकको सिइओमा निश्चलराज पाण्डे नियुक्त

सानिमा बैंकको सिइओमा निश्चलराज पाण्डे नियुक्त

  • सोमवार, मंसिर २०, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौं, २० मंसिर । सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा निश्चलराज पाण्डे नियुक्त भएका छन् ।

माघ १२ गतेदेखि बैंकको व्यवस्थापन सम्हाल्ने गरी पाण्डेलाई नियुक्त गरेको सो बैंकले जनाएको छ । उनको नियुक्ति सन्दर्भमा बैंकले कर्मचारीलाई जानकारी गराइसकेको छ।

सिइओ भुवन दहाल दुई कार्यकाल पुरा गरेर माघ ११ गतेबाट अवकाश हुने भएका छन् । त्यसपछि १२ गतेदेखि पाण्डेले बैंकको व्यवस्थापन सम्हाल्ने छन्।

पाण्डे यसअघि विभागीय प्रमुखको जिम्मेवारीमा थिए । उनलाई प्रमुख कार्यकारी अधिकृत बनाउने भएपछि बैंक सञ्चालक समितिले डेपुटी प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरिसकेको छ ।

पाण्डे जोखिम र ऋण प्रवाहमा अब्बल मानिन्छन् । नबिल बैंकबाट बैंकिङ करियर सुरु गरेका उनी ८ वर्षअघि डेपुटी प्रमुख कार्यकारी अधिकृतमा रूपमा सानिमा बैंक गएका हुन् ।दहालभन्दा एक तह तल अर्थात नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा तेजबहादुर चन्द छन्। उनी लामो समयदेखि सानिमा बैंकमा छन्। चन्दलाई छाडेर बैंक सञ्चालक समितिले पाण्डेलाई प्रमुख कार्यकारी अधिकृत बनाएको हो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ