सरकारले ल्याउने विधेयक र प्रस्ताव रोक्न सक्नुपर्‍यो नभए त्यसबारे जनताको आवाज उठाउन पाउनु पर्‍योः रावल

सरकारले ल्याउने विधेयक र प्रस्ताव रोक्न सक्नुपर्‍यो नभए त्यसबारे जनताको आवाज उठाउन पाउनु पर्‍योः रावल

  • आइतवार, मंसिर १९, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

मंसिर १९, काठमाडौँ । एमाले नेता भीमबहादुर रावलले मंसिर २८ गतेदेखि संसद्को हिउँदे अधिवेशन आह्वान भएको अवस्थामा उक्त अधिवेशन सुचारु हुन दिनुपर्ने रावलले बताएका छन् ।

रावलले आज सामाजिक सञ्जालमार्फत् जनताको पक्षमा आवाज उठाउने थलो संसद्मा सरकारका काम हुन दिएर अवरुद्ध गरे भन्नुको अर्थ नहुने धारणा सार्वजनिक गरेका हुन् । संसद्मा सरकारका काम हुन दिई सांसदले बोल्न रोक्ने गरी भइरहेको अवरोध अन्त्य गर्नुपर्ने उनको भनाई छ ।
संसद् देश र जनताको पक्षमा बहस गर्ने र आवाज उठाउने थलो भएको भन्दै नेता रावलले भनेका छन् ‘सरकारका सबै कामकारबाही हुन दिई संसद् अवरूद्ध गरे भन्नुको औचित्य छैन । कि सरकारले ल्याउने विधेयक र प्रस्ताव रोक्न सक्नुपर्‍यो नभए त्यसबारे जनताको आवाज उठाउन पाउनु पर्‍यो । अन्यथा म कुटे जस्तो गर्छु, तँ रोए जस्तो गर भनेझैं ठहर्छ ।

संघीय संसद्को यसअघिको अधिवेशनभर एमालेले अवरोध गरेको थियो । पार्टीले कारबाही गरेका माधवकुमार नेपालसहितका सांसदहरूलाई संसद्मा उपस्थित गराए सदन सञ्चालन हुन नसक्ने एमालेको अडान छ । नेपालको नेतृत्वमा एमाले विभाजित भएर नेकपा ९एकीकृत समाजवादी० गठन भएको थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी अधिवेशन पनि संसद् अवरोध जारी राख्ने घोषणा गरिसकेका छन् । यस्तो अवस्थामा रावलले संसद्का सबै कामकाबाही बन्द गर्न सक्नुपर्ने नभए अवरुद्ध गरेजस्तो गरी सांसदको आवाज उठाउन पाउन हक रोक्न नहुने बताएका हुन् । यसअघिको अधिवेशनमा एमालेको अवरोधका बीच बजेट लगायतका एजेन्डा सरकारले पारित गरेको थियो । सांसदहरूले भने आफ्ना धारणा राख्न पाएका थिएनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ