सन्‌राइज बैंकको साधारणसभा १५ पुसमा, लाभांश प्रस्ताव पारित गर्ने मूख्य एजेन्डा

सन्‌राइज बैंकको साधारणसभा १५ पुसमा, लाभांश प्रस्ताव पारित गर्ने मूख्य एजेन्डा

  • आइतवार, मंसिर १९, २०७८
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

काठमाडौं, १९ मंसिर । सन्‌राइज बैंकले १५ पुसमा वार्षिक साधारणसभा बोलाएको छ । बैंकले लाभांश प्रस्ताव पारित गर्ने मूख्य एजेडासहित आम्रपाली ब्यांकेट बालुवाटार, काठमाडौंमा बिहान १०ः३० बजे सभा आह्वान गरेको हो । सभा भर्चुअल माध्यमबाट आयोजना हुनेछ ।

सभामा आर्थिक वर्ष २०७७–०७८ को नाफाबाट छ दशमलव ६५ प्रतिशत बोनस शेयर र कर तिर्न शून्य दशमलव ३५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित हुनेछ । त्यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, मर्ज तथा एक्वीजिसनसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेलगायतका एजेन्डा छन् ।

बैंकले सधारणसभा प्रयोजनार्थ ४ पुसमा एक दिनका लागि बुक क्लोज गर्ने जनाएको छ । यसअनुसार ३ पुससम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन्

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ