काठमाडौं, १९ मंसिर । रिलायन्स लाइफ इन्स्योरेन्सले ११ पुसमा साधारणसभा बोलाएको छ । कम्पनीले लाभांश प्रस्ताव पारित गर्न अनमोल बैंक्वेट शंखमुल काठमाडौंमा बिहान ११ बजेका लागि आर्थिक वर्ष २०७६-०७७ को साधारणसभा आह्वान गरेको हो ।
सभामा कम्पनी सञ्चालक समितिले प्रस्ताव गरेको पाँच दशमलव २६ प्रतिशत ९करसहित० लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ । आर्थिक वर्ष २०७६-०७७ को वार्षिक प्रतिवेदनमाथि छलफल हुनेछ ।
साधारणसभा र लाभांश प्रयोजनको लागि कम्पनीले २६ मंसिरमा बुक क्लोज गर्दै छ । यसअनुसार, २५ मंसिरसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline