राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा पराजीत भए पछि कमल थापाले यसको दोष पूर्व राजालाई लक्षित गर्दै निर्मल निवासले हस्तक्षेप गरेको भन्दै भत्र्सना गरेका छन् ।
राप्रपाको अध्यक्षमा थापालाई हराउँदै राजेन्द्र लिङ्देन विजयी भएका हुन् । पराजित भएपछि थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको दावी गरेका हुन् ।
उनले २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइएको भन्दै गुनासो समेत गरेका छन् । सो एजेण्डाको मूल संवाहकलाई राजाले राजनीतिक रुपमा समाप्त पार्न खोजेको थापाको दाबी छ । सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो । सो एजेण्डाको मूल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्। हार्दिक शुभ कामना।, थापाले सामाजिक सञ्जालमा लेखेका छन् ।
उनले नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई बधाई पनि दिएका छन् ।