नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आँउदो निर्वाचनमा एमालेलाई पत्तासाफ पार्ने दाबी गरेका छन् ।
वर्तमान गठबन्धन कायम राखेर एमालेलाई पत्तासाफ पार्ने अध्यक्ष नेपालको दाबी छ ।
शनिबार नेकपा एकीकृत समाजवादीले अर्घाखाँचीमा आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले गठबन्धन नटुट्ने पनि बताए ।
आउदो राष्ट्रिय सभाको निर्वाचन हुँदै स्थानीय, प्रदेश र संघको निर्वाचनमा पाँच दलीय गठबन्धन नै कायम राखेर एमालेलाई पाखा लगाउने सल्लाह भएको उनको भनाई छ ।
एमाले भित्र अपमान भईरहेका नेता कार्यकर्तालाई विद्रोह गर्न पनि उनले अपील गरे ।
केपी ओलीले जनताको बहुदलीय जनवादलाई नारायणी नदी किनारमा बिसर्जन गरेको पनि नेपालले बताए । एमालेको सूर्यमा ग्रहण लागिसकेकाले अब यसले काम नदिने नेपालको जिकिर छ ।
कार्यक्रममा उल्लेख्य मात्रामा नेता कार्यकर्ताहरुको उपस्थिति रहेको देखिएको थियो ।