महानगर स्वास्थ्य महाशाखा प्रमुख महतोले लाखो रुपैयाको लोभमा ‘आमा सुरक्षा कार्यक्रम’ को लागि सूर्य हस्पिटललाई दिए गैरकानुनी सिफारिस

महानगर स्वास्थ्य महाशाखा प्रमुख महतोले लाखो रुपैयाको लोभमा ‘आमा सुरक्षा कार्यक्रम’ को लागि सूर्य हस्पिटललाई दिए गैरकानुनी सिफारिस

  • शनिबार, मंसिर १८, २०७८
  • दिपक चौरसिया

  • 12.1K
    SHARES

वीरगंज १८ मंसिर । वीरगंज महानगरपालिकाको स्वास्थ्य तथा समाजिक विकास महाशाखाका प्रमुख अरुण महतोले लाखौ रुपैयाको लोभमा सूर्य हस्पिटललाई आमा सुरक्षा कार्यक्रम पार्नको लागि गैरकानुनी सिफारिस गरेको घटना सार्वजनिक भएको छ ।
तत्कालिन जिल्ला जनस्वस्थ्य कार्यालय पर्साबाट १५ शैय्याको अनुमति पाएको मापदण्ड नै नपुगेको सूर्य हस्पिटललाई आमा सुरक्षा कार्यक्रमको सेवा सुविधा लिनको लागि स्वास्थ्य मन्त्रालयको स्वास्थ्य विभागमा २५ शैयाको अस्पताल भनेर सिफारिस गरेको छ । अस्पतालले स्वास्थ्य महाशाखा प्रमुख महतोलाई लाखौ रुपैया दिए पनि अनुमति नपाउदा अस्पताल अझै पनि रकमको बलमा कार्यक्रम हात पार्ने दाउमा रहेको जनाईएको छ ।
गत साउन ७ गतेको मितिमा महानगरको स्वास्थ्य तथा समाजिक विकास महाशाखाका प्रमुख अरुण महतोले उक्त सिफारिस गरेपछि मापदण्ड विपरित अहिले सम्झौताको लागि अहिले अस्पताल पक्षले महानगरमा दौडधुप गरिरहेको छ ।
लाखौ रुपैयको आर्थिक प्रलोभनमा परी अरुण महतोले उक्त सिफारिस गरेको महानगर स्रोतको दावी छ । सूर्य अस्पताल नारायणी अस्पतामाल कार्यरत डा। सरोज सिंह मोनिका यादव सिंहले सञ्चालन गर्दै आएका छन् । पहिलेको जनस्वास्थ्य कार्यालयका अधिकृत सच्चिदानन्द सिंह आशिक रुपमा सूर्य अस्पतालमै कार्यरत थिए,केही दिन अघि उनी अहिले त्यहाँबाट काम छोडेका छन् । सिंहले नै तत्कालिन जनस्वस्थ्य प्रमुख महतोसंग जनस्वस्थ्यमा काम गरेको हुनाले आमा सुरक्षा कार्यक्रमको लागि डिल गरेका थिए ।
अस्पताललाई आमा सुरक्षा कार्यक्रम पार्न लाखौं रुपैयाको लेनदेन भएको स्रोतको दावी छ । महतो महानगरको महाशाखाबाट गत मंसिर १४ गते अवकास पाएका छन् । उनी अवकास पाउने मितिमा पनि सम्झौता गराएर अवकास पाउने लक्ष्य राखेका थिए । तर वीरगंज महानगरको प्रमुख प्रशासीकय अधिकृतको सरुवाको कारण सम्झौतामा ढिलाई भइरहेको छ ।
के हो आमा सुरक्षा कार्यक्रम ?
आमा सुरक्षा कार्यक्रम नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले दिने सुविधा हो ।यस अन्तर्गत १५ वेड भन्दा कम क्षमताको अस्पतालमा नर्मल डिलेभरी गराउदाँ सुत्केरील १ हजार पाउने नियम छ,तर ५० वेडभन्दा बढि क्षमताको यो कार्यक्रम लागु भएको अस्पतालमा नर्मल डिलेभरी गराएको खण्डमा १५ सय भत्ता पाउँछन् ।त्यसैगरी,१५ बेडको अस्पताललाई शल्यक्रिया गर्ने सुविधा नदिने नियम छ ।सूर्य अस्पतलापनि त्यही वर्गको अस्पताल हो ।तर शल्यक्रियासहितको सुविधा पाउन सूर्य अस्पतालले दौडधुप गरिरहेको छ ।यदि सूर्य अस्पताले शल्यक्रियासहितको आमा सुरक्षाको कार्यक्रम पायो भने प्रति सुत्केरी सरकारबाट ७ हजार ५ सय पाउँछ ।नियमले शल्यक्रियासहितको सुविधा नपाउने अस्पताललाई २५ वेडको अस्पताल भनेर सिफारिस गरिनु र शल्यक्रियासहितको कार्यक्रम दिन स्वास्थ्य तथा समाजिक महाशाखाका कर्मचारीहरुले चलखेल गरेका हुन् ।
एउटा अस्पतालदेखि १ किलोमिटरमा अस्पतालको चलाउन पाइदैन
नेपाल सरकारको स्वस्थ्य मन्त्रालयले सरकारी अस्पताल छेउछाउमा निजि अस्पताल नचलाउने नियम बनाए तापनि त्यसको अनुगमन र कारबाई गरिएको छैन् ।स्वस्थ्य मन्त्रालयले अस्पताल सञ्चाल निर्देशिका २०७५ को १३ नम्बर बुंदामा स्थान तथा जग्गा पूर्वधार शिर्षकमा भनेको छ–‘एउटा अस्पतालभन्दा अर्को अस्पतालको दुरी कम्तिमा एककिलोमिटर रहनु पर्छ ।’ सूर्य अस्पताल सरकारी नारायणी अस्पतालभन्दा ३ सय मिटर दिक्षिणमा मात्रै छ ।जनस्वस्थयले अनुमित दिदा उक्त अस्पताल वीरगंज सिगरेट फैक्ट्री नजिकै सञ्चालन हुन्थ्यो ।एक वर्षदेखि नारायणी अस्पताल छेउमै सञ्चालन भइरहेको छ ।तर अनुगमनकर्ता निकाय मौन रहेको पाइएको छ ।
के भन्छन महानगरको स्वस्थ्य महाशाखा ?
वीरगंजम महानगरको स्वस्थ्य तथा समाजिक विकास महाशाखाका निमित्त प्रमुख रितेश जैसवालले १५ वेडको अस्पताललाई २५ वेडको अस्पताल भनेर गरिएको सिफारिस पत्र देखाउन मानेन् ।उनले फाइल मेयर साहेबको कुर्सीमा रायसुझावको लागि पुगेकोले हेर्न नमिल्ने बताए ।उनले विगतमा कसले के सिफारिस गर्यो भन्ने विषयमा आफुलाई जानकारी नभएको र जे सेवा नियमसंगत हुने हो,त्यस्तै सम्झौता हुने बताए ।उनले अस्पतालसंग आर्थिक लेनदेनको कुरा गलत भएको प्रतिक्रिया दिए ।
के भन्छन् :सूर्य हस्पिटलको डा। सरोज सिंह ?
यस विषयमा सूर्य अस्पतालका सञ्चालक डा। सरोज सिंहले आफुहरुले जनताको सेवाको लागि उक्त कार्यक्रमको लागि पहल गरेको बताए । उनले भने,‘अहिले १५ वेडको अस्पताल हो,५० वेडको लागि प्रदेश सरकारको स्वस्थ्य निर्देशनालयसंग अनुमति माग्ने प्रकृयामा छौ,निर्देशनालयबाट अनुगमन पनि भइसकेको छ,’उनले भने,‘हामीले दैनिक दुई तीन वटा शल्यक्रिया गरिहेको छौ,हामीले आफै उक्त कार्यक्रम आयो भने घाटामा जान्छौ,तर गरिबविपन्न परिवारको सुत्केरीलाई फाइदा होस भनेर कार्यक्रमलाई एप्रोच गरेको हौं ।’उनले १५ वेड वा जति पनि वेडको लागि नर्मल डिलेभरीको लागि १ हजार र शल्यक्रिर्याको लागि ७ हजार सरकारले दिने सुविधा एउटै रहेको दावी गरेका छन् । उनले आफुले मात्र होइन,नारायणी अस्पतालको नजिकै कृष्णा अस्पताल र नारायणी सेन्ट्रल अस्पताल पनि सञ्चालनमा रहेको चर्चा गर्दै सरकारी अस्पतालभन्दा कति दुरीमा निजी अस्पताल चलाउने बारेमा कतै उल्लेख नरहेको उनले दावी गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी