ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुखले अबैध असुली गरेको दाबी !

ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुखले अबैध असुली गरेको दाबी !

  • शनिबार, मंसिर १८, २०७८
  • दिपक चौरसिया

  • 15.9K
    SHARES

पर्सा, १८ मंसिर । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख ट्राफिक प्रहरी निरीक्षक सुमन कार्कीले अबैध रकम असुली गरेको आरोप लागेको छ । नारायणी यातायात कार्यालयबाट हुने सवारी चालक अनुमती पत्र लिनको निम्ति खटिने ट्राफिक प्रहरी र सवारी चालक शाखाका कर्मचारीका साथ साथै प्रमुखको समेत मिलोमतो रहेको एक घटनाले उजागर पारेको हो ।
नारायणी यातायात कार्यालयको सवारी चालक शाखामा कार्यरत केही कर्मचारी, बिचौलिया र ट्राफिक प्रहरीको मिलोमतोमा व्यापक भ्रष्टाचार बढेको सूचना पाउनसाथ पत्रकारको टिम ट्रयाल सेन्टरमा पुगेको थियो । ट्रयाल सेन्टरको नाममा मात्र कमिसनको चलखेल हुने गरेको बिशेष सूचनाको अधारमा पत्रकारको टिम ट्रयाल सेन्टर पुगेका थिए । तर ट्रयाल सेन्टरमा खटेका ट्राफिक प्रहरी सहायक निरीक्षक तारा खत्री र केही बिचौलियाहरूले पत्रकारको केमरा खोस्ने समेत धम्की दिदै फर्काएका थिए ।
ट्रयाल सेन्टरमा केही गलत क्रियाकलाप नभएको भए पत्रकारलाई कुनैपनी सर्तमा रोक लगाउन पाइदैन तर बिचौलिया र ट्राफिक प्रहरीका कर्मचारीले पत्रकारलाइ नै रोक लगाएको देख्दा ट्रयाल सेन्टर बिचौलियाकै माध्यले संचालनमा रहेको बारे प्रष्ट हुन्छ । यस बिषयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख ट्राफिक प्रहरी निरीक्षक सुमन कार्कीसँग सङ्ग बुझदा उक्त बिषयमा कुरा नगर्दै आफू भिआइपीको मिटिङ्गमा रहेको भन्दै फोन काटेका थिए ।
नारायणी यातायातमा हुने गरेको गलत क्रियाकलापको बिषयमा समाचार उजागर नगर्नको निम्ति ट्राफिक प्रहरी र कर्मचारीले पत्रकारको टिमलाइ विभिन्न किसिमको लोभ दिने गरेको एक अडियो रेकर्डबाट प्रमाणित हुने देखिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी