महिला लघुवित्तको सेयर मूल्य समायोजन

महिला लघुवित्तको सेयर मूल्य समायोजन

  • बिहिबार, मंसिर १६, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

काठमाडौं, १६ मंसिर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य समायोजन गरेको छ । बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले ३६ सय ५८ रुपैयाँ ९८ पैसा निर्धारण गरेको छ । लघुवित्तले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि लघुवित्तले बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले यस दिन लघुवित्तको ४७ दशमलव ५० प्रतिशत बोनस सेयर समायोजन गरेको हो। बिहीबार यही समायोजित मूल्यलाई आधार मानेर दोस्रो बजारमा लघुवित्तको सेयर कारोबार खुल्नेछ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा लघुवित्तको सेयर मूल्य समायोजन गरेको हो । बुधबार लघुवित्तको सेयर प्रतिकित्ता पाँच हजार ३९७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

लघुवित्तले ५० प्रतिशत लाभांश वितरण गर्न २२ मंसिरमा चौथो वार्षिक साधारणसभा आह्वान गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ