मंसिर १५, काठमाडौं । आज शेयर बजारमा सामान्य सुधार आएको छ । आज नेप्से ५.२८ बिन्दुले बृद्धि भएर परिसूचक २ हजार ६३३ दशमलव ६६ विन्दुमा पुगेको छ । यो दिन कारोबारमा आएका २२३ ओटा धितोपत्रको ५३ लाख १० हजार २१५ कित्ता शेयर ३७ हजार ५८५ पटकमा रू। २ अर्ब ७४ करोड २० लाख बराबरको शेयर खरीदविक्री भएको छ ।
यो दिन कारोबारमा आएका ती धितोपत्र मध्ये दुई ओटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । सामलिङ्ग पावर कम्पनी र न्यादी हाइड्रोपावर कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा योदिन ९ दशमलव ९९ प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।
त्यसैगरी आइसीएफसी फाइनान्सको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन ५ दशमलव ६२ प्रतिशत घटेर रू. ८४० मा झरेको छ ।
त्यसैगरी दोस्रोमा युनाइटेड इन्स्योरेन्स कम्पनीको शेयरमूल्य ३ दशमलव ४० प्रतिशत घटेर रू. ६७६ दशमलव २० मा झरेको छ । त्यसैगरी सर्वाधिक शेयर खरीदविक्री नेपाल दुरसञ्चार कम्पनीको भएको छ । उक्त कम्पनीको रू। १४ करोड ५३ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।
दोस्रोमा हिमालयन डिष्टीलरीको रू.१० करोड ५१ लाख ३३ हजार बराबरको खरीदविक्री भएको छ । कारोबारमा आएका १३ ओटा समूहमध्ये चार ओटा समूहको परिसूचक घटेको छ भने बाँकी समूहको परिसूचक बढेसँगै नेप्से परिसूचक बढेको हो ।