महिला लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज

महिला लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज

  • बुधबार, मंसिर १५, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

काठमाडौं, १५ मंसिर । महिला लघुवित्त वित्तीय संस्थाको ५० प्रतिशत लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन रहेको छ । लघुवित्तले प्रतावित लाभांश पारित गर्न तथा साधरणसभा प्रयोजनार्थ १६ मंसिरदेखि बुकक्लोज गर्ने भएको छ । यसअनुसार बुधबारसम्म कायम शेयरधनीले लघुवित्तले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न सक्नेछन् ।

लघुवित्तले २२ मंसिरमा चौथो वार्षिक साधारणसभा आह्वान गरेको छ । सभा बिहान हिमालय दृश्य रिसोर्ट धुलिखेल काभ्रेमा १०ः३० बजेबाट सुरू हुनेछ । सभामा लघुवित्तले प्रस्ताव गरेको ४७ दशमलव पाँच प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने कर सहित दुई दशमलव पाँच प्रतिशत नगद लाभांश प्रस्ताव पारित हुनेछ ।

प्रवन्धपत्र तथा नियमावली संशोधन गर्ने, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाहमा पनि छलफल हुनेछ । त्यस्तै, सभामा अन्य कुनै वित्तीय संस्थालाई मर्ज वा एक्वायर गर्नुपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने लगायतका एजेण्डा छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ