यो वर्षभित्रै रेल सञ्चालन हुने यातायात मन्त्री यादवको दाबी

यो वर्षभित्रै रेल सञ्चालन हुने यातायात मन्त्री यादवको दाबी

  • मङ्लबार, मंसिर १४, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

जनकपुरधाम, १४ मंसिर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनु यादवले यो वर्षभित्रै जनकपुर–जयनगर रेल सेवा सञ्चालनमा आउने दाबी गरेकी छन् ।

मंगलबार रेल्वे निरीक्षणको क्रममा जनकपुरधाम स्टेसनमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री यादवले रेल सञ्चालनको लागि नेपाल र भारत सरकार गम्भीर रहेकोले यो वर्षभित्रै जसरी पनि रेल चल्ने बताइन् । रेल्वे सञ्चालन सम्बन्धी कानुन अन्तिम अवस्थामा रहेको तथा सञ्चालनको लागि चाहिने आवश्यक बजेटको व्यवस्थापन भइसकेकोले अव रेल चलाउन खासै समस्या नहुने मन्त्री यादवले बताइन् । कानुन, बजेट र प्राविधिक त्रुटिको अभावमा रेल सञ्चालनमा ढिलाइ हुन गएको उनले बताइन् ।

ुविगतमा रेल सञ्चालनको लागि पटक(पटक समय तोकिएको थियो,ु उनले भनिन्, ुतर, सबै फेल हुँदै गयो । त्यसकारण म तपाइहरूसँग झुटो आश्वासन दिन चाहन्न । यो वर्षभित्र नै रेल सञ्चालन हुन्छ । म ग्यारेन्टी दिन्छु ।’

रेल सञ्चालन सम्बन्धी कार्यविधि बनिसकेको र भारतीय केआरसीएल कम्पनीसँग दुई पक्षीय जिटुजी सम्झौताअन्तर्गतको पहिलो किस्ता दिइसकेको उनले बताइन् । कर्मचारी, बजेट र भाँडा दर तोक्न बाँकी रहेको र छिट्टै प्रक्रिया अगाडी बढ्ने उनले बताइन् ।

रेल्वेमा भारत सरकारको सहयोग रहेकोले नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गर्ने गरी हामी कार्यक्रम बनाइरहेको मन्त्री यादवले बताइन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ