मंसिर १४, काठमाडौं । लगातार घटिरहेको बजार आज पनि ओरालो लाग्यो ।
नेप्से परिसूचक २ हजार ६२८ दशमलव ३७ विन्दुमा झरेको छ। यो दिन कारोबारमा आएका २२५ ओटा धितोपत्रको ६४ लाख ४७ हजार ४४९ कित्ता शेयर ४१ हजार ५८५ पटकमा रू. ३ अर्ब ८ करोड ९० लाख ४१ हजार ९९१ बराबरको शेयर खरीदविक्री भएको छ ।
यो दिन सामलिङ्ग पावर कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९९ प्रतिशत र न्यादी हाइड्रोपावरको शेयरमूल्य ९ दशमलव ९८ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागको छ ।
त्यसैगरी मंगलवार सबैभन्दा बढी इन्फिनीटी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ४ दशमलव ७७ प्रतिशतले घटेको छ ।
कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू।१ हजार ६१६ मा झरेको हो । त्यसैगरी दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा २ दशमलव ८६ प्रतिशत घटेर रू। १ हजार ८६२ दशमलव २० म ाझरेको छ ।
यो दिन सर्वाधिक शेयर खरीदविक्री आईसीएफसी फाइनान्सको भएको छ । उक्त कम्पनीको रू। १६ करोड २ लाख ७६ हजार बरावरको शेयर खरीदविक्री भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू।८९० कायम भएको छ ।
दोस्रोमा महालक्ष्मी विकास बैंकको रू. १३ करोड ९९ लाख ११ हजार बराबरको शेयर खरीदविक्री भएको छ । कारोबारमा आएका १३ ओटा समूहमध्ये छ ओटा समूहको परिसूचक बढेको छ भने बाँकी समूहको परिसूचक घटेको छ ।
समूहगत परिसूचक बढ्नेमा विकास बैंक समूहको परिसूचक शून्य दशमलव ८३ प्रतिशत,हाइड्रोपावर समूहको परिसूचक शून्य दशमलव ३८ प्रतिशत,वित्त समूहको परिसूचक शून्य दशमलव ३६ प्रतिशत,निर्जीवन बीमा समूहको परिसूचक शून्य दशमलव ८३ प्रतिशतले घटेको छ ।
त्यसैगरी बैंकिङ समूहको परिसूचक शून्य दशमलव ३७ प्रतिशत ,ब्यापार समूहको शून्य दशमलव ८१ प्रतिशत,होटल एण्ड टुरिजम समूहको शून्य दशमलव १३ प्रतिशत,उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ८४ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव २२ प्रतिशत,जीवन बीमा समूहको शून्य दशमलव ५ प्रतिशत र लगानी समूहको परिसूचक शून्य दशमलव ५२ प्रतिशतले घटेको छ ।
यसरी अहिले घटेपनि अब बिस्तारै बजार बढ्न सक्ने पुराना लगानीकर्ताहरुको बुझाई रहेको छ ।