एमाले अध्यक्षमा केपी शर्मा ओली निर्वाचित, भीम रावल भारी मतान्तरले पराजीत

एमाले अध्यक्षमा केपी शर्मा ओली निर्वाचित, भीम रावल भारी मतान्तरले पराजीत

  • मङ्लबार, मंसिर १४, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

नेकपा एमालेको १०औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली दोस्रो कार्यकालका लागि भारी मत ल्याएर बिजयी भएका छन् ।

चितवनको सौराहामा जारी दसौँ महाधिवेशनको मतगणनामा जम्मा खसेको २ हजार ९६ मतमध्ये अध्यक्ष ओलीले १८०८ सय पाएका छन्। भीम रावलले २१३ मत मात्रै पाएका छन् ।

निर्वाचन आयोगका अनुसार मुचुल्कामा हस्ताक्षर गरेपछि औपचारिकरुपमा परिणाम सार्वजनिक गरिने छ।

अहिले उपाध्यक्षको मत गणना सुरु भइसकेको छ। उपाध्यक्षमा पूर्व माओवादी नेता रामबहादुर थापाले अग्रता बनाएका छन्।

उनले ४०० मत कटाउँदा घनश्याम भुसालले ६१ मत मात्रै ल्याएका छन् ।

उपाध्यक्षको सकिएपछि सचिव र केन्द्रीय सदस्यको मत गणना हुने एमाले निर्वाचन आयोगले जनाएको छ।
मंगलबार बिहान ४ बजेदेखि सुरु भएको मतदान साढे ११ बजे सकिएको थियो। २ हजार १५३ मतदातामध्ये २ हजार ११४ मत खसेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ।

आयोगले अन्तिम मत परिणाम सार्वजनिक गर्न बाँकी छ । एमाले केन्द्रीय समितिको शपथ र बैठक सौराहामै हुने भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ