एमालेमा लोकतन्त्र छैन, फरक मत राख्नेलाई अपमान हुन्छः माधव नेपाल

एमालेमा लोकतन्त्र छैन, फरक मत राख्नेलाई अपमान हुन्छः माधव नेपाल

  • सोमवार, मंसिर १३, २०७८
  • मिर्मिरे अनलाइन

  • 2.8K
    SHARES

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) को नेतृत्वमा लोकतान्त्रिक चरित्र नभएको आरोप लगाएका छन् ।

राष्ट्रिय जन सांस्कृतिक महासङ्घले आज काठमाण्डौमा आयोजना गरेको सांस्कृतिक कार्यक्रममा उहाँले एमालेले फरक मत राख्नेलाई अपमान गर्ने गरेकाले आफूहरुले गरेको बिद्रोह सही बताए। “एमालेबाट बिद्रोह गर्नुको कारण बुझ्न चितवनमा भइरहेको अधिवेशन पर्याप्त छ”, नेपालले भने, “एमालेमा फरक मत राख्नेहरुको अपमान भइरहेको छ । जनताको बहुदलीय जनवादलाई उपहास गरेको छ, त्यसमा विचार तथा बहसको व्यवस्थापन गर्न चाहदैन ।”

अध्यक्ष नेपालले लोकतान्त्रिक शक्तिबीच गरिएको गठबन्धनले संविधानको रक्षा र जनताको क्रान्तिबाट प्राप्त भएको अहिलेको व्यवस्थालाई संरक्षण गरेकाले यसलाई निरन्तरता दिइने बताए। नेपालले आफ्नो पार्टी समानता र न्यायको यात्रामा अघि बढेको उल्लेख गर्दै समाजवादले जनताको सामाजिक तथा आर्थिक रुपान्तरण गर्ने बताए।

सङ्गीतकर्मीले भेद्भाव, छुवाछूत, महिला हिंसालगायत विकृति न्यूनीकरण गर्न आवश्यक रचना सिर्जना गर्नुपर्ने बताउँदै उनले सामाजिक परिवर्तनका लागि सांस्कृतिक क्षेत्र सशक्त माध्यम भएको बताए।

पार्टीका उपाध्यक्ष जयन्ती राई, महासचिव बेदुराम भुसाल, उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा, स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ, पोलिटब्यूरो सदस्य वसन्त मानन्धर, अखिल नेपाल महिला सङ्घका सदस्य सुशीला भण्डारीलगायतको सहभागिता रहेको उक्त कार्यक्रममा सातै प्रदेशबाट प्रतिनिधित्व हुने विभिन्न सांस्कृतिक कार्यक्रम गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ