सरकारद्धारा कोरोनाको नयाँ भेरियन्ट नियन्त्रण सहित तीन वटा अध्यादेश सिफारीस गर्ने निर्णय

सरकारद्धारा कोरोनाको नयाँ भेरियन्ट नियन्त्रण सहित तीन वटा अध्यादेश सिफारीस गर्ने निर्णय

  • सोमवार, मंसिर १३, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

काठमाडौं । सरकारले तीनवटा अध्यादेश जारी गर्न सिफारीस गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यौन हिंसाविरुद्धका केही केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेश र फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी गर्नसमेत सिफारिस गरेको छ ।

यस्तै, बैठकले कोभिड–१९ ओमिक्रोन भेरियन्ट नियन्त्रण गर्नेसम्बनधी आदेश जारी गर्ने निर्णय पनि गरेको सिंहदरबार स्रोतले जानकारी दिएको छ ।

बैठकले रुपन्देहीको मोतिपुर औद्योगिक करिडोर क्षेत्रमा भएको घटनाका घाइतेहरुको उपचार खर्च उपलब्ध गराउन निर्णय पनि गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ