कांग्रेस अछाम अधिवेशन: देउवाकै दुई प्यानल चुनावी मैदानमा

कांग्रेस अछाम अधिवेशन: देउवाकै दुई प्यानल चुनावी मैदानमा

  • आइतवार, मंसिर १२, २०७८
  • कल्पना बोहरा

  • 8.2K
    SHARES

अछाम, १२ मंसिर।  नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर १ मा सोमबार १३ गते पुनः हुने क्षेत्रीय निर्वाचनमा देउवाकै दुई प्यानल चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
यहि ६ गते भएको क्षेत्रीय निर्वाचनमा मतदाता भन्दा बढी मत खसेको भन्दै पुनः मतदान हुन लागेको हो ।

एकतर्फ पूर्व राज्यमन्त्री गोबिन्द बहादुर शाह र पूर्व जिल्ला सभापति मेगराज खड्का नेतृत्वको प्यानल रहेको छ भने , अर्कोतर्फ हालका पार्टी सभापति भरत कुमार स्वारको नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धा गर्दै छ ।

पूर्व राज्यमन्त्री शाह र पूर्व पार्टी सभापति खड्का नेतृत्वमा टिकाराम खनाल, टेक बहादुर साउँद, राजन कुँवर, कृष्ण कुँवर (एन्जीला), राजेन्द्र शाह, राजन कुँवर, नृप बहादुर साउँद र काली बुढा रहेका छन् ।

यस्तै हालका पार्टी सभापति भरत कुमार स्वारले नेतृत्व गरेको प्यानलमा भक्त ठकुल्ला, राजेन्द्र खड्का, टेक बहादुर कुँवर, बल बहादुर कुँवर, तपेन्द्र शाह, मोहन कुँवर, भीमबहादुर साउँद, शेरबहादुर शाह र राम बहादुर कुँवर रहेका छन् ।

दुबै प्यानल आफू बलियो भएको दाबी गरिरहदा प्रारम्भिक आकलनमा पूर्व राज्यमन्त्री शाह र पूर्व पार्टी सभापति खड्काको नेतृत्वको प्यानल बलियो देखिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ