ओलीको केन्द्रीय कमिटी सदस्यको प्रस्ताव अध्यक्ष मण्डलको बैठकमा छलफल हुँदै

ओलीको केन्द्रीय कमिटी सदस्यको प्रस्ताव अध्यक्ष मण्डलको बैठकमा छलफल हुँदै

  • आइतवार, मंसिर १२, २०७८
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

काठमाडौं, १२ मंसिर । नेकपा एमाले अध्यक्ष मण्डलको बैठक सुरु भएको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीसहित ३ सय १ प्रस्तावित केन्द्रीय समिटी सदस्यको नाम अध्यक्ष मण्डलमा छलफल गरेपछि बन्दसत्रमा पेस गर्ने कार्यतालिका रहेको छ । सोही अनुरुप अध्यक्ष मण्डलको बैठक बसेको हो ।

चितवनमा तीन दिनदेखि जारी १०औं महाधिवेशनको तेस्रो दिन ११ घन्टा ढिलो गरि सुरू हुन लागेको बन्द सत्र अगाडि अध्यक्ष मण्डलको बैठक सुरू भएको हो ।

अध्यक्ष मण्डलमा ओलीसहित भीम रावल, अष्टलक्ष्मी शाक्य, ईश्वर पोखरेल, रामबहादुर थापा, युवराज ज्ञवाली, शेरबहादुर तामाङसहितलगायत ११ जना छन्। ओलीले उक्त बैठकमा प्रस्तावित नामवली पेश गरिरहेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ