कांग्रेस ललितपुरको सभापतिमा देउवा पक्षका जितेन्द्रकुमार श्रेष्ठ निर्वाचित

कांग्रेस ललितपुरको सभापतिमा देउवा पक्षका जितेन्द्रकुमार श्रेष्ठ निर्वाचित

  • आइतवार, मंसिर १२, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

काठमाडौँ, १२ मङ्सिर । नेपाली कांग्रेस जिल्ला कार्य समिति ललितपुरको सभापतिमा जितेन्द्रकुमार श्रेष्ठ ६६५ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी रामकृष्ण चित्रकारले ६५३ मत प्राप्त गर्नुभयो ।

शनिबार भएको १४ औँ जिल्ला अधिवेशनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत पाउन नसकेपछि धेरै मत ल्याउने दुई नेताबीच आज पुनः मतदान भएको जिल्ला निर्वाचन अधिकृत सुरेश घिमिरेले जानकारी दिनुभयो ।

उपसभापति, सचिव, सहसचिव, जिल्ला कार्यसमितिका सदस्यहरुको अहिले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जाउलाखेलमा मतगणना जारी रहेको जानकारी पनि उहाँले दिनुभयो । कोषाध्यक्ष भने नवनिर्वाचित जिल्ला सभापतिले निर्वाचित जिल्ला कार्य समितिका सदस्यमध्येबाट मनोनयन गर्ने व्यवस्था कांग्रेसको विधानमा छ ।

जिल्ला सभापतिमा निर्वाचित श्रेष्ठ कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका हुनुहुन्छ । उनलाई कांग्रेस नेता उदयशमशेर जबराको साथ थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ