शेयर बजारमा भारी गिरावट, ८० अंकले घट्यो बजार

शेयर बजारमा भारी गिरावट, ८० अंकले घट्यो बजार

  • आइतवार, मंसिर १२, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

शेयर बजारमा आज ठूलो गिरावट आएको छ । आज नेप्से परिसूचक ८० अंकले ओरालो लागेको हो । शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको त्रैमासिक समिक्षा मार्फत लगानीकर्ताहरुको माग संवोधन नभएको चर्चा सँगै शेयर बजारमा ठूलो गिरावट आएको हो ।

शेयर बजारका लगानीकर्ताहरुले मार्जिन कर्जाको सीमा संशोधन हुने अपेक्षा गरेका थिए ।

यस दिन नेप्से परिसूचक ८०.२९ अंक घटेर २६५१.४९ विन्दुमा बन्द भएको छ । त्यसैगरी, सेन्सेटिभ इण्डेक्स १४.१९ अंक घटेको छ ।

यस दिन २३४ कम्पनीको १ करोड १९ लाख ३ हजार २०२ कित्ता शेयर किनबेच भएर ५ अर्ब ८३ करोड ५१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । बिहीबार ३ अर्ब ७८ करोड रुपैयाँको मात्रै शेयर कारोबार भएको थियो ।

नेप्से घटेपनि यस दिन आईसीएफसी फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
हिमालयन पावर पार्टनरको शेयरमूल्य भने सर्वाधिक ८.४९ प्रतिशत घटेको छ । त्यसैगरी, मानुषी लघुवित्त, प्राइम लाइफ इन्स्योरेन्स, महालक्ष्मी विकास बैंक, जोशी हाइड्रोपावर लगायतको शेयरमूल्य ७ प्रतिशतभन्दा बढीले घटेको छ।
आइतबार कारोबारमा आएका १३ वटै उपसमुहको सूचक ओरालो लागेको छ ।
कारोबार रकमका आधारमा यस दिन महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा रहेको छ । यस दिन बैंकको २९ करोड ८१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ