प्रधानन्यायधीशलाई महाअभियोग लगाउन नेपाल बारको माग , माधव नेपाललाई ज्ञापन पत्र

प्रधानन्यायधीशलाई महाअभियोग लगाउन नेपाल बारको माग , माधव नेपाललाई ज्ञापन पत्र

  • आइतवार, मंसिर १२, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौं, १२ मंसिर । नेपाल बार एसोसिएसनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानन्यायाधीश चोलेन्द्रशमशरे जबरामाथि महाअभियोग लगाउन भन्दै ध्यानाकर्षण पत्र बुझाएको छ ।

आइतबार बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, उपाध्यक्ष रक्षा बस्याल, महासचिव लीलामणि पौडेल, सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यसहितका पदाधिकारीले संघीय संसद् सचिवालयमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एसका अध्यक्ष नेपाललाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको हो ।

ध्यानाकर्षण पत्र बुझाउँदै बारले प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउनसमेत आग्रह गरेका छन् । प्रधानन्यायाधीश जबराले अदालतमा भ्रष्ट्राचार गरेको, न्याय खरिद बिक्री गरेको, न्यायालयको गरिमा कायम राख्‍न नसकेको भन्दै बारले चरणबद्ध आन्दोलन गर्दै आइरहेको छ ।

प्रधानन्यायाधीश जबराले मार्गप्रशस्त गर्नुपर्ने भन्दै सर्वोच्चका न्यायाधीशहरुले कात्तिक दोस्रो सातादेखि इजलास बहिष्कार गर्दै आइरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ