प्राइम कमर्सियल बैंकको साधारणसभा ६ पुसमा, लाभांश पारित मुख्य एजेन्डा

प्राइम कमर्सियल बैंकको साधारणसभा ६ पुसमा, लाभांश पारित मुख्य एजेन्डा

  • आइतवार, मंसिर १२, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौं, १२ मंसिर । प्राइम कमर्सियल बैंकले ६ पुसमा १४औं वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । सभा बैंकको प्रधान कार्यालय कमलपोखरी काठमाडौंमा बिहान ११ बजेदेखि भिडियो कन्फ्रेन्समार्फत सुरु हुनेछ ।

बैंकले सभामा भाग लिने सेयरधनीलाई पासवर्ड उपलब्ध गराउने जनाएको छ । सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले २२ मंसिरमा बुक क्लोज गर्दैछ । यसअनुसार २१ मंसिरसम्म कायम सेयरधनीले मात्र लाभांश पाउन तथा सभामा भाग लिन सक्नेछन् ।

सभामा गत वर्षको नाफाबाट १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६३ प्रतिशत गरी कुल १६ दशमलव ६३ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ । आर्थिक वर्ष २०७७र७८ को वासलात, नाफा(नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।

प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, अन्य बैंक तथा वित्तीय संस्थाहरूसँग गाभ्नेरगाभिनेसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेलगायतको एजेन्डा छ । त्यसैगरी, सभामा आर्थिक वर्ष २०७८र७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ