साताको पहिलो दिनको विदेशी मुद्राको विनिमय दर यस्तो छ

साताको पहिलो दिनको विदेशी मुद्राको विनिमय दर यस्तो छ

  • आइतवार, मंसिर १२, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौं, १२ मंसिर । नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ५० पैसा र बिक्री दर १२० रुपैयाँ १० पैसा कायम गरेको छ ।

युरोपियन यूरो आज एकको खरिद दर १३४ रुपैयाँ ५९ पैसा र बिक्री दर १३५ रुपैयाँ २७ पैसा रहेको छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५९ रुपैयाँ १० पैसा र बिक्री दर १५९ रुपैयाँ ९० पैसा रहेको छ । यस्तै, स्वीस फ्र्यांक एकको खरिद दर १२८ रुपैयाँ ९४ पैसा र बिक्री दर १२९ रुपैयाँ ५९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ २२ पैसा र बिक्री दर ८५ रुपैयाँ ६४ पैसा रहेको छ । आज क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ७० पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ १७ पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ४७ पैसा र बिक्री दर १० रुपैयाँ ५२ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७० पैसा र बिक्री दर १८ रुपैयाँ ८० पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, आज साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ८५ पैसा र बिक्री दर ३२ रुपैयाँ ०१ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ५८ पैसा र बिक्री दर ३२ रुपैयाँ ७५ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । त्यस्तै, मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ १९ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ३३ पैसा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ